सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अधिकृतमा जोशी

विहीबार, ११ साउन २०८०, १० : ४४

काठमाडौं-  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालना अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ ।

 कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी यस अघि भगवान व्यापक गौडेलले सम्हाल्दै आएका कम्पनीले जनाएको छ ।

विहीबार, ११ साउन २०८०, १० : ४४

प्रतिक्रिया