एलआइसी नेपालको धितो कर्जा ब्याजदर परिमार्जन

विहीबार, ११ साउन २०८०, १४ : ४४

काठमाडौं-  एलआइसी नेपालले आफ्नो बीमालेख धितो कर्जा ब्याजदरलाई परिमार्जन गरी बीमालेख धितोबापत दिने कर्जाको ब्याजमा १० प्रतिशत ब्याजदर लागु गरेको छ ।

कम्पनीले उक्त ब्याजदर साउन १ गतेदेखि लागु हुने गरी ब्याजदर तोकेको हो । यसबाट बीमित तथा सरोकारवालाहरुलाई लाभ प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

यो सुविधा विलम्ब शुल्क तथा निष्कृय बीमालेखलाई पुनरुत्थान गर्दापनि प्राप्त हुने हुँदा कम्पनीले ग्राहकलाई समयमै कर्जाको ब्याज भुक्तान गरेर यसको लाभ उठाउन समेत निर्देशन गरेको छ ।

विहीबार, ११ साउन २०८०, १४ : ४४

प्रतिक्रिया