टिभिएस मोटरको एन्टर्क ओनर्स ग्रुपद्धारा एनओजी राइड सम्पन्न

शनिबार, १३ साउन २०८०, ०९ : ०१

काठमाडौं- टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम ९बालाजी अटोमोबाइल्स० बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।

साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

picture 1

शनिबार, १३ साउन २०८०, ०९ : ०१

प्रतिक्रिया