काठमाडौं-
विदेश जानेले २५ सय डलर लैजान पाउने
अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन् ।
यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो । तर, राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्र मार्फत् गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो ।
हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध छ । त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले राहदानीबापत दुई सय अमेरिकी डलरसम्म साथमा लैजान पाउने व्यवस्था यथावत छ । विदेश जानेले २५ सय डलर लैजान पाउने

प्रतिक्रिया