काडमाडौँ - नेपालका लागि बहुराष्ट्रिय कम्पनीको आधिकारिक विक्रेता ब्रजेश्वरी इन्डष्ट्रिज प्रालिले भैरहवामा डिलर मिटसँगै आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । प्रालिले आफ्नो नयाँ उत्पादन ‘बेवी वाइप्स’ र ‘एडल्ट डाइपर’ सार्वजनिक गरेको हो ।
सन् २००५ देखि बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन विक्री गर्दै आएको कम्पनीले विगत १ वर्षदेखि आफै उत्पादनमा लागेको छ । कम्पनीले नेपाली तथा भारतीय बजारमा पुर्याउने गरी डाइपर उत्पादन गर्दै आएको छ । यसैबीच नयाँ उत्पादन बारे जानकारी दिने र बजारको अवस्था बारे जानकारी प्राप्त गर्ने उद्देश्यसहित देशभरका आफ्ना करिब एक सय डिलरका प्रतिनिधिहरूलाई सहभागी गराई छलफल गरिएको ब्रजेश्वरीका डाइरेक्टर सनिमराज ढकालले जानकारी दिए । डिलरमिटबाट आफले थप उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।
नवलपरासीको रामग्राममा उद्योग रहेको कम्पनीले नेपालका लागि न्यानो र टेन्डरटच उत्पादन गरी बजारमा पठाउने गरेको छ भने भारतीय कम्पनी भेल्निक, एचएमएच, युरो इण्डिया तथा केएफ इन्टरनेशनलका लागि उत्पादन गर्ने कम्पनीका प्रमुख एसपी ढकालले जानकारी दिए ।
उत्पादनको गुणस्तरीयतालाई आफ्नो पहिलो प्राथमिकतामा राखिएको बताउँदै उनले अफ्रिका तथा युरोपमा समेत निर्यात गर्ने तयारीमा रहेको उल्लेख गरे । अफ्रिकामा आफ्नो उत्पादन बढाउनका लागि सुरु हुन थालेको बताउँदै प्रमुख ढकालले युरोपियन मुलुकका लागि पिई सर्टिफिकेट प्राप्तिको अन्तिम चरणमा पुगेको जानकारी गराए ।
नेपालका लागि आवश्यक पर्ने खपतको ५० प्रतिशत उत्पादन गर्न सक्ने क्षमता भए पनि उद्योगलाई पूरा क्षमतामा भने सञ्चालन नगरिएको डाइरेक्टर सरिता ढकालले बताइन् । आफ्नो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नकै लागि भारतसँगै अन्य मुलुकहरूमा समेत निर्यातको तयारी भएको उनले स्पष्ट पारिन् ।
विदेशी मुलुकहरूमा उत्पादन निर्यात गर्दा बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भए पनि गुणस्तरकै कारण माग बढ्दै जाँदा बजार विस्तारमा सहज भएको कम्पनीका डाइरेक्टर शिक्षा पोखरेल ढकालले बताइन् । उद्योगमा करिब १५० जनालाई प्रत्यक्ष रोजगार दिन सफल कम्पनीले दैनिक ६ लाख डाइपर उत्पादन क्षमता भए पनि हाल दैनिक ३ लाख मात्रै उत्पादन गर्ने गरेको उनले उल्लेख गरिन् ।
विदेशका विभिन्न मुलुकहरूमा आफ्नो उत्पादन निर्यातलाई बाउँदै पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताइन् । कम्पनीले पछिल्लो एक वर्षको अवधिमा नेपालका लागि ३० करोड बढीको उत्पादन गरेको छ भने भारतका लागि १३ करोड बढीको उत्पादन निर्यात गरेको छ ।
प्रतिक्रिया