ज्योति लाइफले आफनो मुनाफाको रकम जगेडा कोषमा जम्मा गर्ने

विहीबार, १८ साउन २०८०, ०७ : ०६

काठमाडौं- मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफनो मुनाफाको रकम जगेडा कोषमा रकम जम्मा गर्ने भएको छ।

कम्पनीको हिजोे बसेको बैठकले साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९ र ८० को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफामा रहेको उक्त मुनाफाको रकम जगेडा कोषमा राख्ने भएको छ।

आज बसेको बैठकले साविक ज्योति लाइफको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफमा समायोजन गर्ने निर्णय पनि गरेको छ।साबिक ज्योति लाइफ सूर्य लाइफसँग मर्जर गरी हाल एकिकृत कारोबार गरिरहेका छन् ।

विहीबार, १८ साउन २०८०, ०७ : ०६

प्रतिक्रिया