काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको खुला रहेको हकप्रद आज बन्द हुदैँछ ।
यस जलविद्युत कम्पनीले असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न प्रस्तावलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो सोहि अनुसार हकप्रद जारी भएको हो।
कम्पनीका अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। जस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेडले उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीमा ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।
सोहि नदीमा ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको इजाजत पत्र लिई निर्माण कार्य अघि बढाइएको छ। भोजपुर जिल्लामा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम सेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत २०७८ साल देखि काम भइरहेको छ।
प्रतिक्रिया