काठमाडौँ – नेपाली चलचित्रकी सफलतम नायिका करिस्मा मानन्धर ले यस वर्ष एसइइ परीक्षा दिने भएकी छिन् ।
व्यस्त जीवनशैलीबाट समय निकालेर पढीरहेकी ४५ वर्षीया नायिका मानन्धरले यस वर्ष एसइइ दिन लागेकी हुन् । उनले आफुले प्रयास गरेको बताइन् । आफुले प्रयास गरीरहेको भन्दै आफु फेल नै भएपनि चीन्ता नलिने पनि बताइन् ।
बिबिसीसँग कुरा गर्दे उनले पहिला हिसाब गारो लागेको भएपनि अहिले चै विज्ञान गारो लागेको बताइन् । रातभरी घोकेर मात्र नहुने भन्दै आफुले स्मार्ट बाटो रोज्ने बताइन् । कण्ठ पारेर मात्र नहुने भन्दै उनले सजीलो रुपमा लिने गरेको बताइन् ।
उनले आफु १४ वर्षकी केटीलाई छोडेर आफु फिल्मी क्षेत्रमा लागेको र फेरी अहिले त्यही १४ वर्षको बालिकाहरुसगै पढीरहेको बताइन् । उनलाई त्यो क्षण नै आफ्नो जिवनको उत्साहजनक क्षण भएको बताइन् ।
भिडियो बिबिसी:
प्रतिक्रिया