नेपाली केटासँग बिहे गर्दै चर्चित बलिउड नायिका श्रद्धा कपुर

शुक्रबार, ०८ चैत्र २०७५, २२ : ००

काठमाडौं– बलिउड अभिनेत्री श्रद्धा कपुर बिबाह बन्धनमा बाधिने तयारीमा छिन्, त्यो पनि नेपाली ब्याइफ्रेण्डसँग । उनले नेपाली रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी  भारतीय सञ्चारमाध्यममले जनाएका छन् । 
 लामो समयदेखि उनी रोहनसँग अफेयरमा थिइन् । 

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् । ३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भने भारतको मुम्बईमा भएको हो । 
 

शुक्रबार, ०८ चैत्र २०७५, २२ : ००

प्रतिक्रिया