सुपरमाई हाइड्रोपावरको नाफामा गिरावट

मंगलबार, २३ साउन २०८०, १२ : १३

काठमाडौँ - सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.४० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले समीक्षा वर्षमा कम्पनीको ११.५३ प्रतिशतले घटेको छ। 

चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको सुपरमाई हाइड्रोपावरको अन्य इक्विटीमा ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ५२ करोड ३० लाख रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ११.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.९१ रुपैयाँ रहेको छ। 

 

मंगलबार, २३ साउन २०८०, १२ : १३

प्रतिक्रिया