भारतीय ठेकेदारले निहु खोजेपछि प्रधानमन्त्री ओली माथिल्लो तामाकोशीमा

६ बर्ष अगाडि

 
काठमाडौँ । भारतीय ठेकेदारले निहु खोजेपछि प्रधानमन्त्री ओली माथिल्लो तामाकोशी पुगेका छन् ।
 
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, प्रमुख सल्लाहकार विष्णु रिमाल तथा उच्च सरकारी अधिकारी लिएर प्रधानमन्त्री ओली माथिल्लो तामाकोशीको निर्माण स्थल दोलखाको गोगर पुगेका हुन् ।
 
ठेकेदारका कारण उत्पन्न समस्या समाधान सम्बोधन गर्दै समयमै विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार प्रधानमन्त्री स्थलगत अवलोकनमा पुगेका हुन् ।
 
सरकराले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको  सो आयोजना पछिल्ला दिनमा भारतीय ठेकेदारको ज्यादतीका कारण अगाडि बढ्न सकेको छैन ।
कूल ४५६ मेगावाट क्षमताको असाध्यै महत्वपूर्ण मनिएको भर्टिकल सार्पमा भारतीय ठेकदारले ज्यादती गरिरहेको छ ।
 
आयोजनाबाट २०७५ चैतसम्म विद्युत उत्पादन हुने अनुमान गरिएको छ । अहिलेसम्म आयोजनाको करिब ९६ प्रतिशत काम पूरा भएको जनाइएको छ ।
 
आयोजनाका कूल चार लटमध्ये पहिलो, तेस्रो र चौथोको काम समानान्तररूपमा भइरहेको छ ।
 
तर, दोस्रो लट अर्थात् इलेक्ट्रो मेकानिकल काममा भारतीय ठेकेदार टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ कम्पनीले आयोजनालाई जानी जानीकन ढिलाई गरिरहेको छ ।
 
सो काममा ढिलाइ हुँदा तोकिएको समयमा विद्युत उत्पादन नहुने आशंका बढर गएको छ ।
 
ठेकेदारको ढिलाईले आयोजनामा असर पर्न लागेको जानकारी पाएपछि प्रधानमन्त्री ओली आयोजनास्थल पुगेका हुन् ।
 
प्रधानमन्त्री र ऊर्जा मन्त्रीले आयोजनामा भइरहेको ढिलाइबारे जानकारी लिने र समस्या समाधानमा पहल गर्ने विश्वास लिइएको छ ।
 
आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट जडान गरी २०७५ मंसिर मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
 
विगतका गलत उदाहरण तामाकोसीमा नदोरिन नदिने गरी आफूले काम गर्ने मन्त्री पुनले बताउँदै आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया