काठमाडौं- नेकपा एमालेले सुन तस्करी प्रकरण र जारी संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।
एमालेले आज दिउँसो १२: ४५ बजे केन्द्रीय कार्यालय च्यासलमा उक्त दुई विषयमा आफ्नो धारणा र्साजनिक गर्नका लागि पत्रकार सम्मेलन गर्ने भएको हो।
वर्तमान समसामयिक राजनीति, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ।
सुन तस्किरी प्रकरणमा एमालेका केहीँ नेताको नाम मुछिएसँगै हाल आलोचित बनेको नेकपा एमालेले आफ्नो औपचारिक धारणा मार्फत भ्रम स्पष्ट रुपमा प्रस्ट्याउने स्रोतको भनाई छ ।
प्रतिक्रिया