नेपाल विकासको बाटोमा अघि बढेको छ : अर्थमन्त्री महत

८ महिना अगाडि

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताएका हुन् ।

उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठुलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए । 

नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको अर्थमन्त्री महतको भनाई छ।

कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ।

नेपालमा  व्यापार व्यवसाय गर्न ठुलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहेका छन् । 
 

८ महिना अगाडि

प्रतिक्रिया