रूरू जलविद्युत्द्धारा   ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन

सोमबार, २९ साउन २०८०, १३ : ३६

काठमाडौँ- रूरू जलविद्युत् परियोजनाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २६।०७ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १६।६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो । 

साथै, कम्पनीको बिक्री लागत पनि ४ करोड ४८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । असार मसान्तसम्म आइपुग्दा रूरूको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७६ पैसाबाट घटेर १३ रुपैयाँ ९५ पैसा ९वार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २८ पैसा छ ।

सोमबार, २९ साउन २०८०, १३ : ३६

प्रतिक्रिया