एकैदिन नेपाल भित्रिएका एक सय ४५ बङ्गलादेशी पर्यटक

शनिबार, ०२ भदौ २०८०, ०८ : ०२

काठमाडौँ-  जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । 

विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।
दुई दिनमा सात सय पर्यटक नेपाल आएका हुन , बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले लिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
बङ्गलादेशी पर्यटकले काठमाडौंका विभिन्न पर्यटकीय स्थल र पोखरा लगायतका ठाँउहरुमा घुम्ने कार्यक्रम छ  ।  
 

शनिबार, ०२ भदौ २०८०, ०८ : ०२

प्रतिक्रिया