काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताउनुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्नुभएको हो । समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत उहाँको दाबी थियो ।
मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताउनु भयो । उहाँले अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ। माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ। सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन । माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला । तर भष्ट्रचारको मुद्धामा उहाँलाई नाम जोड्ने काही कतै ठाँउ छैन यो त सरासर फसाउने खेल हो।
भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन् ।’ मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको समेत आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया