काठमाडौं- गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उडान नभएका कारण ठप्प रहेको छ ।
गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेको छैन । बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार मात्रै उडान भएको थियो । तर मौसम खराबीको कारण सोही उडान पनि दुई महिनादेखि बन्द छ ।
बिमानिस्थलमा पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि तर खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो । त्यसपछि भने कुनै उडान भएको छैन ।
"बिमानको छेउछाउको भागमा झार पलाएको छ , झारमा अडिएको सितको थोपाले बिमानस्थलका छेउभाउ भिजेको देखिन्छ , धावनमार्गमा फुर्सारेखाहरु मधुरो बनेको दखिन्छ सायद यात्रु र उडानको पखाईमा छन्" एक स्थानीयले बताउनु भयो ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान गर्ने समय तालिका रहेको छ । उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लागेका कारण उडानमा समस्या भएको विमानस्थलका अधिकृत अस्मिता बस्नेतको भनाई छ ।
भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम खराब कारण उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ ।
प्रतिक्रिया