राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

मंगलबार, १२ भदौ २०८०, ०९ : १५

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशमा राजदूत नियुक्त गर्नुभएको छ । 

जस अनुसार सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा त्यसैगरि तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो  ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए

मंगलबार, १२ भदौ २०८०, ०९ : १५

प्रतिक्रिया