अर्थतन्त्रमाथिको दबाव कायम छ तर अस्थायी छ : प्रधानमन्त्री प्रचण्ड

शनिबार, १६ भदौ २०८०, ०७ : ५६

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र माथि अझै दबाव रहेको बताएका छन् ।

समाजवादी मोर्चा नेपाल गण्डकीको संदेश सभालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने बैंकको ब्याजदर, लघुवित्त तथा सहकारीका समस्याहरू अझै सुध्रिन सकेको छैन, यी समस्याहरू पनि बिस्तारै समाधान गर्नतर्फ सरकार लाग्नेछ ।

उनले भने, म प्रधानमन्त्री हुँदा देश श्रीलंकाको अर्थतन्त्र जस्तो अवस्थामा पुग्छ कि भन्ने डर थियो, तर अहिले अर्थतन्त्र बलियो बन्दै आएको छ, यझपी अर्थतन्त्र माथिको दबाव अझै कायमै छ, सकिएको छैन ।

उनले देशको समृद्धि र विकासका लागि गरीब अझ गरीब हुने र धनी झन धनी हुन नहुने अभियानमा आफु लागेको समेत बताएका छन्। 

प्रधानमन्त्री प्रचण्डले संस्थागत रुपमै देशमा भष्ट्राचार मौलाइरहेको अवस्थामा आफूले भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण तथा सुन तस्करी काण्डका फाइल खेलेर दोषीलाई नछोड्ने र निर्दोषलाई नछुने अभियान चलाएको बताए ।

शनिबार, १६ भदौ २०८०, ०७ : ५६

प्रतिक्रिया