बालेनको चेतावनी आक्रोशको हासो उठ्दो टिप्पणी

आइतबार, १७ भदौ २०८०, ०६ : ५६

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् ।  सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेशबुक मार्फत पिप्पणी गरेका हुन, तर उनको यस  किसिमको टिप्पणीको चौतर्फी मजाक उडाईएको छ जिम्मेवार तहका रहेका ब्यक्तिले निम्न स्तरको टिप्पणी गरेको भन्दै उनको टिप्पणीलाई अपरिपक्क मेयर भन्दै आलोचना गरिएको छ । 

सिंहदरबारमा आगो लगाउने भन्ने बिषय हासोको विषय हुन नसक्ने भन्दै उनको आक्रोस पोखिने उपयुक्त तरिका नभएको राजतिज्ञहरुको विश्लेषण छ । सामाजिक सञ्जालमा बालेनले लेखेका छन्,

‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार १’

आइतबार, १७ भदौ २०८०, ०६ : ५६

प्रतिक्रिया