सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुदा जनतामा मार सरकार मौन

७ महिना अगाडि

सरकारले २ हप्ता नबित्दै दुई पटकसम्म  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ जसको कारण जनतामा प्रत्यक्ष रुपमा असर पुगेको छ । 

नेपाल आयल निगमले महिनाको दोस्रो हप्ता अर्थात भदौ १५ गतेबाट पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि साउन ३१ गते पनि मूल्यवृद्धि गरेको थियो।

भारतीय आयल कर्पोरेशनले भदौ १४ गते पठाएको नयाँ मूल्य सूची अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको थियो। पछिल्लो दुईहप्तादेखि निरन्तर रुपमा पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।

हाल चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेल प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा प्रतिलिटर १६९ रुपैयाँ तथा काठमाडौं, दाङ र दिपायलमा प्रतिलिटर १७० रुपैयाँ पुगेको छ।

त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको निगमले जनाएको छ। अब देशभर ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८९५ रुपैयाँ पुगेको छ। यसअघि एक हजार ६६० रुपैयाँ थियो।

यसअघि साउन ३१ मा पनि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो। स्वचालित मूल्य प्रणाली लागू गरिएको र अब भारतमा बढ्दा नेपालमा पनि बढ्ने तथा भारतमा घट्दा नेपालमा पनि घट्ने निगमको भनाई छ । 

आम्दानीको स्रोत नभएको र निरन्तर मूल्यबृद्धिले जनताको दैनिकीमा निरन्तर समस्या परेको जनताको आक्रोश छ । सरकार भष्ट्र रहेको जिकिर गदै पटकपटक सडक आन्दोलन भैरहेको छ । 

७ महिना अगाडि

प्रतिक्रिया