बाबुरामपुत्री किन गइन बालकोट ?

शुक्रबार, २२ भदौ २०८०, १५ : ३०

काठमाडौं – माओवादीसँग एकता गर्ने हल्ला चलेको लामो समयपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री तथा नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । 

आज बिहान बालकोट पुगेर उनले अध्यक्ष ओलीसँग भेट गरेकी हुन् ।  भेटमा उनका पति जेकेन्द्र श्रेष्ठसमेत सहभागी थिए । 


ओलीसितको उक्त भेटमा समसामायिक विषयमा कुराकानी भएको मानुषीले बताएकी छन् । ‘पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात्’, भेटपछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै उनले लेखेकी छन् । 

गठबन्धनमा सामेल भएर गत आमचुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा काठमाडौँ–७ बाट उम्मेदवार बनेकी मानुषी पराजित भएकी थिइन् । माओवादीसँग पार्टी एकता गर्ने सहमतिका साथ समाजवादी पार्टीले देशभर उसैको चिन्ह लिएर चुनाव लडेको थियो । तर, चुनावपछि पार्टी एकता प्रक्रिया रोकिएको छ । 


पछिल्लो समय समाजवादी र माओवादीबीच दूरी बढेको चर्चा चलिरहेका बेला अध्यक्ष भट्टराईका छोरी–ज्वाईं बालकोट पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।


 

शुक्रबार, २२ भदौ २०८०, १५ : ३०

प्रतिक्रिया