नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिकोका दिन सार्वजनिक बिदा दिने निर्णय

मंगलबार, २६ भदौ २०८०, ११ : ०३

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । नेम्वाङ को अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएको हो ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने उनले जानकारी दिए ।

मंगलबार, २६ भदौ २०८०, ११ : ०३

प्रतिक्रिया