काठमाडौँ - आइसर ट्रक तथा बसले कक्षा ५ देखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदाबरीस्थित वज्र एकेडेमीमा सञ्चालित ‘स्कुल बस र सडक सुरक्षा’ सचेतना अभियान सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीले जनाएको छ। आइसर बसहरु प्रभावशाली ४० सुरक्षा सुविधाहरुले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरु, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरुमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणाली ९एबीएस०लगायत समावेश छन्। सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरुले विद्यार्थी यातायात र स्कुल बसहरुका लागि आइसरका ट्रक र बसहरुलाई उच्च विकल्पका रुपमा उभ्याएको छ।
सन् १९९६ देखि स्कुल बसको सुरुआत गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा (अन्तर्राष्ट्रिय सुरक्षा मानकबराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ। ‘४० सुरक्षा विशेषता सहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङको सुनिश्चित गर्दछ’, बतास एमएडब्ल्यूका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भने, ‘त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टिकोणले अग्रस्थानमा छ।’
सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसरले जनचेतनामूलक कार्यक्रममार्फत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया