नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करण आयाजना हुदैँ

७ महिना अगाडि

काठमाडौँ- नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ। 

सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो। तेस्रो सिखर सम्मेलनको यही भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। 

सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, वरिष्ठ उद्यम डा। उपेन्द्र महत्तो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताका रुपमा रहेका छन्।

सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन्। 

उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट–२०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। 

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख  कार्यकारी अधिकृत श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए। उनका अनुसार वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ लोन प्रवाह गरेको छ। 

त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट ९एनबीआई०का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक गैरेले ७० जिल्लामा ५०० युवाउद्यमीहरु श्खिर सम्मेलनमा सहभागी हुने जानकारी दिए। 

प्रधानमन्त्रीबाट उद्घाटन गरिने यो वर्षको सम्मेलनमा ‘युवा नवप्रवर्तनः लगानी र समृद्धि’ भन्ने मूल नारा तय गरिएको छ। यो सम्मेलनल कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरुमा वित्तीय पहुँच, सरकारी नीति, करनीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समूहगत छलफल र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास छ। 

७ महिना अगाडि

प्रतिक्रिया