अनमोललाई पछि पार्दे प्रताप ट्रेन्डिङ १ मा

मंगलबार, १२ चैत्र २०७५, १५ : २०

काठमाडौँ – नेपाल आईडलबाट लाखौं दर्शकको माया बटुलेका गायक प्रताप दासको नयाँ गीत ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । 

४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । 

सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् ।

‘बस बस रे’गीत

 

‘ए मेरो हजुर–३’ को गीत

मंगलबार, १२ चैत्र २०७५, १५ : २०

प्रतिक्रिया