राजस्व चुहावट नियन्त्रणमा सक्रियता बढाउँदै अर्थ र गृह मन्त्रालय

११ महिना अगाडि

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निर्णयहरू गरेको छ। समितिको शनिवार बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा उक्त निर्णय गरेको हो । 

 बैठकले राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणको ठोस उपाय सहितको कार्य योजना एक हप्ताभित्र तयार गरी समितिमा पेस गर्न  निर्देशन गरेको छ । 

उक्त बैठकमा राजस्व सचिव संयोजक र राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवम् विभागीय प्रमुखहरू सदस्य रहको कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने भएको छ।

 

११ महिना अगाडि

प्रतिक्रिया