गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक समेत भएर काम गरिसकेका थापाले एनआरएनए अहिले संक्रमणकालिन अवस्थामा रहेकाले संस्थालाई क्रियाशील, व्यवस्थित र पारदर्शी बनाउने उदेश्यले कोषाध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
उनले विदेशमा रहने सबै नेपालीहरुबाट सहयोग पाउने विश्वास समेत व्यक्त गरेका छन् । एनआरएनए जापानका पूर्व अध्यक्षसमेत रहेका थापाले अक्टुबर १७ देखि २० सम्म हुने एनआरएनएको महाधिवेशनमा कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रतिक्रिया