वडा अध्यक्ष सहितको समूहले हातपात गरेको भन्दै कारबाहीको माग

विहीबार, ०४ असोज २०८०, १४ : ५०

तमानखोला गा.पा.वडा नं.४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालि सहित माओवादी केन्द्र निकटका कार्य कताले सोही वडा निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य चित्र कुमारी विक लाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाली काँग्रेस ४ नं.वडा कार्यसमितिले घटनाको भर्त्सना गरेको छ । 

हिन्दु नेपाली महिलाले मनाउँदै आएको तीजको दोस्रो दिन आमा समूहको भवनमा वडा अध्यक्ष समेत रहेको छ प्रसाद श्रीपालि, दिल बहादुर श्रीपालि (वैरागी काइँला ) लगायत माओवादी केन्द्र निकटका कार्यकर्ताले कुटपिट गरि ज्यान मार्ने धम्की दिएको भन्दै कानुन बमोजिम कारबाही गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको  छ  ।

विज्ञप्तिमा के कारण उक्त घटना घटेको भन्नेबारे उल्लेख गरिएको छैन , ''आमा समूहको उपाध्यक्ष समेत रहेकी चित्र विकले उक्त नाचगान कार्यक्रममा बाहिर पानी परेको कारण आफूले आमा समूहको भवन भित्र नाच्न दिन आग्रह गरेको तर भवन भित्र उक्त वडामा हाल सञ्चालनमा रहेको कृषि महोत्सवको लागी आवश्यक परिकार पाकेको कारण बाहिरी भागमा त्रिपाल टाँगेर नास्न नेकपा माओवादीका केन्द्र ४ नं. वडाका अध्यक्ष मनोज श्रीपालिले आग्रह गरे पछि आफू बाहिर निस्किन तयार भएको तर सोही समयमा दिल बहादुर श्रीपालि (वैरागी काइँला) ले भवनको एक कुनाबाट उठेर यहाँ बोल्ने अधिकार नभएको भन्दै घच्चाएर बाहिर निकालेको आरोप लगाएका छन्''  ।

आफूमाथि किन हातपात गरियो भनेर प्रश्न गर्दा माओवादी निकट अन्य कार्य कता सहित आएर वडा अध्यक्ष श्रीपालिले आफू बाहेक कसैलाई कराउन अधिकार नभएको धम्की लाउदै कुर्ची भुईँमा पछारेर धम्क्याउन खोजेको चित्रको आरोप छ । उक्त घटना सत्य नभएर आरोप मात्र भएको सोही वडाका नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज श्रीपालिले स्पष्ट पारेका छन् । पकाउन लागेको ठाउँमा नाच्नलाई ठाउँ नभएको भन्दै सम्झाउने क्रममा आमा समूहका उपाध्यक्ष समेत रहेकी चित्राले अनावश्यक रूपमा झगडा गर्न खोजेपछि बाहिर निकालिएको श्रीपालिले जानकारी दिए । 

380308442_707652527850257_3950596589950779427_n

विहीबार, ०४ असोज २०८०, १४ : ५०

प्रतिक्रिया