दुई  जलविद्युत् कम्पनीका पाँच करोड ७१ लाखको आइपीओ आउँदै

६ बर्ष अगाडि

काठमाडौँ । धितोपत्र बजामरा दुई जलविद्युत् कम्पनीले आइपिओ बिक्री गर्ने भउका छन् ।
नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार जोशी हाइड्रो पावर र शुभम् पावरलाई रु ५ करोड ७१ लाख बराबरको साधारण सेयर बिबक्री गर्ने अनुमति दिइएको छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई रु ३ करोड ७१ लाख ४० हजार  बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिइएको छ ।
आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएका हुन् ।
 
यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई रु २ करोड बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो । जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेडले आईपीओ निष्कासन गर्नेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया