विभिन्न पार्टी परित्याग गर्दै पाँचखाल र खानीखोलामा माओवादी केन्द्रमा प्रवेश

आइतबार, ०७ असोज २०८०, १० : ५५

शानिबार जनतासँग माओवादीः विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत पाँचखालमा आयोजित कार्यक्रममा काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेकपा माओवादी केन्द्रमा नेकपा एमाले नगर कमिटी सदस्य तथा जनजाती महासंघ काभ्रेका कोषाध्यक्ष हरिगोपाल दुनुवार, क्रान्तिकारी माओवादी जिल्ला कमिटी सदस्य प्रकाश विंसुखे सहित २२ जना बढी नेता तथा कर्याकर्ता प्रवेश गरेका छन् । 

नवप्रवेशिलाई  माओवादी केन्द्रका केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङले नवप्रवेशीहरुलाई खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । 

त्यस्तै एमालेका हरि बहादुर श्रेष्ठ, महेश श्रेष्ठ, कुमार विंसुखे, मंगली पहरी, अन्जु पहरी, सलिनी पहरी, उद्धव पहरी, रुपक पहरी, गोपाल वि।क, सुजन पहरी, युवराज पहरी, राज कुमार पहरी, मंगल विंसुखे, कांग्रेसका हर्क लामा, सोनाम लामा, स्वतन्त्रका सागर लामा लगायत तीन दर्जन बढी नेता तथा कार्यकता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य विष्णु मिजार, सरस्वती लामा (कविता), अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रिय सदस्य निर्मला गौतम ले अहिलेको परिवर्तनको जग जनयुद्ध र जनआन्दोलन नै भएको र माओवादीको एजेन्टमा देश अगाडी बढीरहेकोले माओवादी केन्द्र्रलाई बलियो बनाउनु पर्ने जोड दिए । 

नवप्रवेशी हरिगोपाल दनुवारले देश र जनताको मुक्तिको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएकोले आफु लगायत तीन दर्जन बढी प्रवेश गरेको बताए । नवप्रवेशीहरुले देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा बाहेक अरु दलबाट सम्भव नदेखिएको माओवादीमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन्।

त्यसैगरी  ‘जनतासँग माओवादीः विशेष रुपान्तरण, जनजनमा माओवादी–घरघरमा माओवादी’ कार्यक्रम अन्र्तगत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केल बहादुर स्याङ्तान, टेक बहादुर घिसिङ, अर्जुन स्याङ्तान, अजय जिम्बा, भिम बहादुर वि.क, कान्छालाल बल, मंगलसिं स्याङ्तान, सोनाम वाईबा, पुर्णी माया जिम्बा, साईला बल, ज्ञान बहादुर वल, इन्द्र बहादुर लोप्चन, छलि मायाँ बल र सुवास स्याङ्तानलाई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

माओवादी केन्द्र खानीखोलामा पार्टी प्रवेश गर्ने लर्को लागेको छ । यसअघि पनि कांग्रेस र एमालेका नेता तथा कार्यकता माओवादी केन्द्र एकताबद्ध भएका थिए । खानीखोला–४ मा भने पछिल्लो समय कांग्रेस परित्याग गर्नेहरु बढेका छन् । यसले अझै कांग्रेसमा पहिरो जाने क्रम बढ्ने देखिन्छ। 

माओवादी केन्द्र वडा नम्बर ४ को अध्यक्ष श्याम लोप्चनको सभापतित्वमा भएको कार्यक्रममा नवप्रवेशी सोनाम वाईबाले कांग्रेस भविष्य नभएको दाबी गर्दै देशको हितमा काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुको विकल्प नरहेको बताएका छन्।381433746_350650880725224_8679613031181792196_n

आइतबार, ०७ असोज २०८०, १० : ५५

प्रतिक्रिया