आज एमाले बागमती प्रदेशको अधिवेशन हुँदै, अध्यक्ष ओलीबाट उद्घाटन गरिने

सोमबार, ०८ असोज २०८०, ०९ : ३८

नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।

उद्घाटनअघि एमालेले काठमाडौँका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ।

अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइने गरी तयारी भइरहेको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख  सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्व सांसद कृष्णभक्त पोखरेललगायतका नेताहरूले दाबी गरेका छन् ।
 

सोमबार, ०८ असोज २०८०, ०९ : ३८

प्रतिक्रिया