नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।
१९ गतेदेखि चलेको गैर भौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनअन्तर्गत अध्यक्षका लागि पराजुली र चन्द्र रिजालको उम्मेदवारी परेको थियो।
रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्। उपाध्यक्षमा पनि विदुर कार्की सर्वसम्मत चयन भएका छन्।
सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ। एमालेमा भूगोलतर्फ ७ र गैर भूगोल (उपत्यका विशेष) गरी ८ वटा प्रदेश कमिटी छन्। ७ वटा प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ।
प्रतिक्रिया