काँग्रेस संसदीय दलको बैठक आज बस्दै

मंगलबार, २३ असोज २०८०, ०८ : ५५

सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

काँग्रेस संसदीय दलले हिजो नै एक विज्ञप्ति जारी गरी आज दिउँसो संसद् भवन नयाँबानेश्वरमा  दलको बैठक बस्ने जानकारी गराएको थियो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिवार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

 

मंगलबार, २३ असोज २०८०, ०८ : ५५

प्रतिक्रिया