आज एमालेको मधेस प्रदेश अधिवेशन,ओलीले उद्घाटन गर्ने

बुधबार, २४ असोज २०८०, ०७ : ४५

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु हुँदै छ। जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ।

अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ।

 

बुधबार, २४ असोज २०८०, ०७ : ४५

प्रतिक्रिया