भद्रगोलमा प्रदीप खड्का र जसिताको 'इन्ट्री'

विहीबार, १४ चैत्र २०७५, १४ : ५५

काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यटेलिश्रृंखला ‘भद्रगोल’को आगामी श्रृंखलामा ठूलो पर्दाका नायक प्रदीप खड्का तथा नायिका जसिता गुरुङ देखिने भएका छन् ।

प्रदीप र जसिताले आफ्नो चलचित्र ‘लभ स्टेशन’को प्रचारको लागि चर्चित हास्यटेलिश्रृंखला ‘भद्रगोल’लाई रोजेका हुन् । टेलिश्रृंखलामा उनीहरुको बिशेष भुमिका रहने श्रृंखला निर्देशन दीपक आचार्यले जानकारी दिए ।

‘भद्रगोल’ टेलिश्रृंखला सबैभन्दा चर्चित कार्यक्रम भएकोले पनि चलचित्रका निर्माता–निर्देशकको रोजाइमा भद्रगोल पर्ने गर्छ ।

विहीबार, १४ चैत्र २०७५, १४ : ५५

प्रतिक्रिया