कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीको आज शपथ हुँदै

आइतबार, २८ असोज २०८०, १० : ४८

कोशी  प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

शपथ ग्रहणपछि उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । यस्तै, पर्सि विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने उनको तयारी छ ।

आज सार्वजनिक बिदा परेकाले भोलि विश्वासको मत लिनका लागि सूचना दिने तयारी भएको हो। उनले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताएका छन् । पार्टीभित्र विद्रोह गरेर एमालेको समर्थनमा कोशी  प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता केदार कार्की नियुक्त भएका हुन । 

उनले पार्टीमा गरेको विद्रोहले सत्ता गठबन्धन सङ्कट पर्ने सम्भावना भएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस नेता शेखर कोइरालाले गठबन्धन कमजोर हुन नदिने सहमति गरेका थिए।

आइतबार, २८ असोज २०८०, १० : ४८

प्रतिक्रिया