करीनाले भनिन्, सैफकी पूर्वपत्नीलाई कहिल्यै भेटेको छैन

शुक्रबार, १५ चैत्र २०७५, १२ : ०४

मुम्बई – बलिउड अभिनेत्री करीना कपूरले पति  सैफकी पूर्वपत्नी अमृता सिंहसँग कहिल्यै भेट नभएको खुलासा गरेकी छिन् । उनले करण जौहरको शो ‘कफि विथ करण’ मा सैफसँग बिहे गरेपछि अमृतासँग फेरि भेट नभएको बताएकी हुन् । 

उनले फिल्म ‘कभी खुशी कभी गम’ मा अमृतासँग भेट भएको बताएकी छिन् । करीनाले त्यस समयमा अमृताले सारासँग भेट गराएको समेत उल्लेख गरेकी छिन् । उनले अमृतालाई इज्जत र सम्मान गर्ने पनि बताइन् । 

उनले भनिन्, ‘सारा मेरो फ्यान थिइन् । यसकारण अमृता र मेरो भेट भएको थियो । मेरो पतिका दुई बच्चाको स्याहार अमृताले गरेकी हुन् । यसको सम्पूर्ण श्रेय अमृतालाई जान्छ ।’ उनले अमृता र सैफका दुई सन्तान आफ्नै भएको बताइन् । उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा रहँदा सैफले मलाई प्रपोज गर्दै मलाई भनेका थिए, मेरो दुई सन्तान छन् जो मेरो जीवनको हिस्सा हुन् ।’

करीना करण जौहरको शो ‘कपि विथ करण’ मा प्रियंका चोपडासँग उपस्थित भएकी थिइन् । शोमा दुवैले आफ्ना व्यक्तिगत जीवनका बारेमा थुप्रै कुराहरु खोलेका थिए ।  
 

शुक्रबार, १५ चैत्र २०७५, १२ : ०४

प्रतिक्रिया