काठमाडौं– कीर्तिपुर नगरभित्र विद्यमान समस्याको तथ्यगत स्थिति, समस्या समाधानका लागि यस अघि भए गरिएका प्रयास एवं प्रगति र समस्या समाधानका लागि तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा नेकपा(माआवादी केन्द्र) कीर्तिपुर नगर समितिले प्रधानमन्त्री प्रचण्डलाई एक निवेदन दिएको छ ।
अध्यक्ष दिल बहादुर महर्जनको हस्ताक्षर रहेको उक्त निवेदनमा स्ववासी÷बेनिस्सा घर जग्गा दर्ता गर्नका लागि अधिकार सम्पन्न समस्या समाधान समिति गठन गर्न बुँदागत रुपमा माग गरिएको छ । अध्इष महर्जनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई संयुक्त रुपमा निवेदन बुझाएको थियो । साथै नगर समितिले विजयादशमी, दिपावली , नेपाल सम्बत ११४४ तथा छठ पर्वको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको छ ।
_l8UECvOzeO.jpg)
_hxNGequspX.jpg)
_Ua61J1Kcsk.jpg)
प्रतिक्रिया