सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी, के के छन् विषय ?

विहीबार, १६ कार्तिक २०८०, १० : २५

यति बेला मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुचारु भएको छ। बैठक केही बेर अघि सुरु भएको हो।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही अन्य निर्णय पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

आजको बैठकले सरकारका प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीहरूको पनि सरुवा गर्नुका साथै संसद्को चालु अधिवेशन अन्त्य गर्ने विषयमा पनि छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । 

विहीबार, १६ कार्तिक २०८०, १० : २५

प्रतिक्रिया