जाजरकोट अस्पतालमा बिरामीलाई साहस थपेर रुकुम पश्चिम हानिए प्रधानमन्त्री प्रचण्ड

शनिबार, १८ कार्तिक २०८०, १० : ३५

शनिवार बिहानैदेखि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोटबाट रुकुम पश्चिमतिर लागेका छन् । 

जाजरकोटमा भूकम्पको क्षति र उद्धारबारे अनुगमन गरेका प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर बिरामीहरूलाई हौसला बढाएका थिए। भूकम्पमा घाइते भएका जाजरकोट बासिन्दालाई अस्पतालको शय्यामा गएर भेटेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका हुन् । 

जाजरकोटमा केही घण्टाको अवलोकन लगत्तै उनी दोस्रो बढी प्रभावित जिल्ला रुकुम पश्चिम केन्द्रित भएका छन् । प्रचण्ड आजै बिहान सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्र पुगेका थिए  ।

शनिबार, १८ कार्तिक २०८०, १० : ३५

प्रतिक्रिया