मन्त्रिपरिषद्को आकस्मिक बैठक: भूकम्पमा घाइतेलाई निःशुल्क उपचार गराउने

आइतबार, १९ कार्तिक २०८०, १० : ०२

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले  जानकारी दिनुभयो।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनः स्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनः स्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

अहिले देशका विभिन्न ठाउँका अस्पतालमा शुक्रवार रातीको भूकम्पमा परेका झन्डै २ सय माथिका घाइतेले उपचार गराई रहेका छन् ती मध्येमा कतिपयको अवस्था गम्भीर छ भने केही घाइते निको भएर घर समेत फर्केका छन् ।   

आइतबार, १९ कार्तिक २०८०, १० : ०२

प्रतिक्रिया