प्रधानमन्त्रीलाई गगनको सुझाव

३ हप्ता अगाडि

काठमाडौं –  भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमबाट फर्केपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शमाले  प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्  ।

उनीहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करिब ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न आग्रह गरे ।

महामन्त्रीद्वयले सुझावमा भनेका छन् ,दुई, ’संसदीय कोष’ भनेर चिनिने ’संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस् ।

सरकारले आफैँले तत्काल गर्न सक्ने काम सुरु गरेपछि मात्रै सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनीहरुको भनाइ छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया