मालपोेतको राजस्व ५० प्रतिशत बढ्यो

२ हप्ता अगाडि

काठमाडौं – घर जग्गाको कारोबार बढेसँगै मालपोत कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा राजस्व संकलन ५० दशमलव १४ प्रतिशतले वृद्धि भएको हो ।

मालपोत कार्यालय सोलुखुम्बुबाट प्राप्त तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा ४० लाख ७२ हजार पाँच सय ४३ रुपैयाँ राजस्व संकलन भएको थियो । तर चालू आर्थिक वर्षको सोही अवधिमा ८१ लाख २१ हजार ८० रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको साउनमा ३१ लाख २६ हजार छ सय ९५, भदौमा २६ लाख १५ हजार नौ सय २१ र असोजमा २३ लाख ७८ हजार चार सय ६४ रुपैयाँ राजस्व संकलन भएको खरिदार सुमन कार्कीले जानकारी दिए । पुँजीगत लाभकर बापत साउनमा १६ लाख ८९ हजार दुई सय ८८, भदौमा सात लाख ७१ हजार एक सय ६९ र असोजमा सात लाख सात हजार छ सय २५ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी कार्कीले बताए ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया