असोज मसान्तसम्म जमुना भन्सार नाकाबाट १७ अर्ब ९३ करोड बढीको १३ वैदेशिक व्यापार

विहीबार, ०७ मंसिर २०८०, ०८ : ४४

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगन्ज जमुना भन्सार नाकाबाट १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

गत आर्थिक वर्षमा रु ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात। पछिल्लो तीन महिनामा भारतबाट मात्रै १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज नाका हुँदै ५३ करोड ६५ लाख ८८ हजार रुपैयाँ अर्थात् कूल निर्यातको ९८।८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ। दोस्रो धेरै निर्यात हुने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स र म्यानमार रहेको भन्सार कार्यालयको भनाई छ ।

नेपालगन्ज नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मा, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, लिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको कार्यालय प्रमुख विकले बताए ।
 

विहीबार, ०७ मंसिर २०८०, ०८ : ४४

प्रतिक्रिया