NBI चौथो उत्तरदायी व्यापार शिखर सम्मेलन २०२३ आयोजना हुदैँ

५ महिना अगाडि

काठमाडौँ - राष्ट्रिय व्यवसायिक पहलको चौंथो जिम्मेवार व्यवसाय सम्मेलन (4th Responsible Business Summit) काठमाडौंको हायात रिजेन्सीमा मंसिर २१ र २२ गते दुई दिनसम्म आयोजना हुँदैछ।उक्त कार्यक्रम प्रधानमन्त्रीद्धारा बिहान ९ः३० बजे उद्घाटन हुने बताइएको छ । । विगत् २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौंथो संस्करण "Adapting to Emerging Business Realities" भन्ने नाराका साथ हुन लागिरहेको छ।

यस सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिंदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरु मार्फत गहन छलफल गरिनेछ। समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन्। वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहनेछन्। त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन्।

कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहनेछ। ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकमी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहनेछ।

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको दूत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरूले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्यालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले सम्मेलन अझ बढी सान्दर्भिक हुने  जनाइएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहकार्य रहनेछ।

५ महिना अगाडि

प्रतिक्रिया