विदेशबाट फर्किनेहरूका लागि सातै प्रदेशमा सीप परीक्षणको आवेदन खुल्यो

५ महिना अगाडि

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले सात वटै प्रदेश र काठमाडौं उपत्यकामा सीप परीक्षणको आवेदन माग गरेको छ ।

सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सी परीक्षणमा सहभागि हुन चाहने स्वदशमै रोजगार, अनुभवी तथा वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुले आफुलाई पायक पर्ने ठाउँमा गई फाराम भर्न सक्ने बताइएको छ ।

मोबाइल रिपेयर टेक्निसियन, कृषि जेटिए, टि प्लान्टेशन वर्कर, ग्रामीण पशु स्वास्थ्य सहायक, बिल्डिङ इलेक्टिसियन, कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवेयर टेक्निसियन, प्लम्बर, टेलर, व्युटिसियन, पोल्ट्री टेक्निसियन तथा डकर्मी लगायतले सीप परीक्षण गराउन सक्नेछन् ।

सूचनामा हेर्नुहोस् 

sim talim

५ महिना अगाडि

प्रतिक्रिया