काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा अरव इमिरेट्स(यूएई)को दुवईमा व्यवसायिक सम्मेलन हुने भएको हो ।
सम्मेलनमा दुवै देशका करिव १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने आयोजकको भनाई छ । उक्त सम्मेलनमा दुवै देशबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार सम्भाव्यताको विषयमा छलफल हुनेछ ।
व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने छन् । व्यवसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो। व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे ।
महासंघले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यवसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया