प्रधानमन्त्रीको भ्रमण टोलीमा उद्योगी व्यवसायी ढकाल सहित को को छन् ?

विहीबार, १४ मंसिर २०८०, ०८ : ३०

काठमाडौँ । आज (बिहीबार) देखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुन  प्रधानमन्त्री सहितको टोली युएई पुगेको छ ।  

प्रधानमन्त्री सहितको टोलीमा उद्योगी व्यवसायीको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।

ढकालको अलवा भ्रमण टोलीमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, कार्यकारिणी सदस्यहरू मनोज पौडेल, रामशरण थपलिया, शैलेन्द्र गुरागाईँ, जुना माथेमा अमरेशचन्द्र बैदर, प्रकाश कार्की, उज्ज्वल प्रसाद कसजु, महासंघ सचिवालय प्रमुख गोकर्ण अवस्थी रहेका छन्।

त्यस्तै डिजिटल हाउस नेपालका सीईओ सुवाश पाण्डे, बाबुल निर्माण सेवाका एमडी अहमत खान रहेका छन्।

विहीबार, १४ मंसिर २०८०, ०८ : ३०

प्रतिक्रिया