काठमाडौँ- गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। एशियन पेन्टस् नेपालद्वरा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्बाट पीडित समुदायसँग ऐकबद्धता प्रकट गरेको छ ।
विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त चेक एशियन पेन्टस् नेपाल प्रा. लिमिटेडका कन्ट्री डाइरेक्टर श्री जी गोपालकृष्णनद्वारा मंसिर १२ गते मंगलवार माननीय प्रधानमन्त्रीज््युलाई हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया